एक सय चालीस घर पहिराको जोखिममा

इनेप्लिज २०७२ वैशाख ६ गते ३:१० मा प्रकाशित

Dolpa_district_locationडोल्पा, ७ वैशाख । जुफाल–६, ७ र ८ डाँगिबाडाका २०० भन्दा धेरै घर पहिराको उच्चजोखिममा रहेको एक अध्ययनले जनाएको छ ।

प्रजिअ, स्थानीय विकास अधिकारी, नेपालगन्जबाट डोल्पा आएको सिँचाइ डिभिजन कार्यालय र विज्ञको टोलीले सो बस्ती पहिरो उच्चजोखिममा रहेको बताएको हो । सो बस्तीदेखि झन्डै सय मि टाढा रहेको जुफाल गाउँदेखि तलको जमिन भासिएको र माथिको गाउँदेखि बस्तीसम्मै जमिनको पूरै भाग सर्दै आउनाका साथै जमिनको अधिकांश भाग चर्किएको र जमिन भित्रपट्टि पानी रहेको छ ।

त्यहाँ कुनै बेला पहिरो जान सक्ने भएकाले सो गाउँका सर्वसाधारणलाई सतर्क हुन तथा सकेसम्म छिटो बस्ती सार्न टोलीले आग्रह गरेको स्थानीय बुद्धिजीवी पूर्ण डाँगीले बताउनुभयो । सो जमिन तीन वर्षअगाडि देखि अलिअलि भासिन सुरु गरे पनि गाउँलेले वास्ता नगरेको र अहिले आएर ठाउँ ठाउँमा ठुल्ठुला चिरा देखिन सुरु गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया