दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ वैशाख ४ गते ४:४० मा प्रकाशित

इनरुवा, ४ वैसाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको नरसिंह गाविस–१ मा सवारी दुर्घटनामा परी गएराति एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ५५९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ३०७२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी वनिया–१ का आनन्दकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका झाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया