शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:२८
वासिङटन डिसी 00:43

इलामको आशिष पत्रकारिता पुरस्कार लामिछानेलाई

इनेप्लिज २०७२ वैशाख १ गते ८:०९ मा प्रकाशित

11129912_852403578162947_6148038869829033429_nइलाम, १ वैशाख । स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार रासस इलामका समाचारदाता गोविन्दप्रसाद लामिछाने र राजधानी दैनिकका कोकिला ढकाललाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

स्व राईको १२औं स्मृति दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आज लामिछाने र ढकाललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आउनुभएका स्व राईको नयाँ वर्षको अवसरमा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

उहाँकै सम्झनामा पत्रकार महासङ्घ इलाम शाखाले आशिष स्मृति अक्षय कोष स्थापना गरी हरेक वर्ष मेची अञ्चलका उदीयमान तथा क्रियाशील पत्रकारलाई नगद रु पाँच हजार एक, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

सो पुरस्कारबाट यसअघि इलामका युवराज गौतम, राजकुमार दाहाल, राजु शिवा, बेनुपराज भट्टराई, झापाका रमेश समदर्शी, मोहनकाजी न्यौपाने, पाँचथरका गणेश साङपाङ, ताप्लेजुङका आनन्द गौतमलगायतका पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया