वीरगन्ज (पर्सा), ३० चैत । वीरगन्जको बाइपास सडकखण्डकमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी वीरगन्ज उपमहानगरपालिका–१३ का १६ वर्षीय अमनकुमार रौनियारको मृत्यु भएको छ ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख ३५०५ नंको यात्रु बसले सो सडकखण्डको भिष्वा चोकमा उनलाई ठक्कर दिएको थियो ।
पैदल यात्रामा रहेका घाइते रौनियारलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा निधन भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो । बस तीव्रगतिमा रहेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया