होटल व्यवसायी सङ्घको अध्यक्षमा बोहरा
भीमदत्तनगर, ३० चैत । होटल व्यवसायी सङ्घ डडेल्धुराको अध्यक्षमा यज्ञराज बोहरा चयन हुनुभएको छ । होटल व्यवसायीको सम्पन्न भेलाले बोहरालाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै भेलाले सङ्घको उपाध्यक्षमा दिनेशकुमार दियाल, सचिवमा महेशराज जोशी, सहसचिवमा टेकराज गिरी, कोषाध्यक्षमा लोकबहादुर ऐर, सदस्यहरुमा तुलसी पन्त, गोपी सार्की, राजु ऐर, शेरनाथ, इश्वरी जोशी, निराजन शाही, वीरबहादुर देउवा, प्रेम बिष्ट, मीनबहादुर थापा, हेमराज पन्त, हरिप्रसाद पन्त र सुरेश महरलाई चयन गरेको छ ।
यसैगरी, वैदेशिक रोजगारीका लागि गएका सुदूरपश्चिमका युवाको समूहले युनाइटेड अरब इमिरेट युएईमा बिरामी भएर अलपत्र परेका कञ्चनपुरका एक युवकको उद्धार गरेका छन् । बिरामी भइ थला परेर काम गर्न नसक्ने अवस्थामा पुगेका भीमदत्त नगरपालिकाको ऐरीका नरेश टमटाको सुदूरपश्चिमका युवाको समूहले उद्धार गरेका हुन् ।
सुदूरपश्चिमेली युवाको पहलमा स्थापना गरिएको सुप सेवा समाज युएईले टमटालाई घर फर्किन ४० हजार रुपैयाँ सहयोग गरेको युएईमा कार्यरत समाजका सल्लाहकार लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । “बिरामी परेर विजोग अवस्था थियो”–उहाँले भन्नुभयो–“सबै मिलेर सहयोग ग¥यौँ ।”
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया