आगलागी पीडितलाई सात लाख राहत

इनेप्लिज २०७१ चैत २६ गते ३:३५ मा प्रकाशित

इलाम, २६ चैत । आगलागी पीडितका लागि इलाममा सङ्कलन गरिएको राहत रकम बुधबार सम्बन्धित जिल्ला पठाइएको छ ।

दुई साताअघि ताप्लेजुङ, सप्तरी र उदयपुरमा भएको आगलागी पीडितका लागि सङ्कलित करिब रु सात लाख एक हजार राहत रकम सम्बन्धित जिल्लामा पठाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी, इलाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा रु तीन लाख ७६ हजार २३१ र जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट रु तीन लाख ३५ हजार ४२२ राहत सङ्कलन भएको थियो ।

जिल्लास्थित सर्वदलीय तथा सर्वपक्षीय भेलाले ताप्लेजुङका आगलागी पीडितका लागि रु पाँच लाख एक हजार ४११, सप्तरी र उदयपुर जिल्लाका पीडितका लागि रु एक लाख १११ का दरले राहत पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।

यसैगरी इलाम नगरपालिका–९ का अग्निपीडित लालबहादुर श्रेष्ठलाई रु १० हजार २० राहत प्रदान गरिएको छ ।

प्रतिक्रिया