एक दिनको बन्दले १५ करोडको क्षति
पथरी (मोरङ), २५ चैत । एकीकृत माओवादीसहित ३० दलको मङ्गलबारको बन्दले मोरङ–सुनसरी औद्यागिक करिडोर क्षेत्रका उद्योगलाई रु १५ करोड मूल्य बराबरको घाटा भएको छ ।
मोरङ व्यापार सङ्घका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेको देशकै ठूलो जस्ता र कर्कटपाता आरती स्ट्रिप्स, जुट, चाउचाउ, प्लास्टिक, बिस्कुट, आइरन र वायर उद्योग बन्दले बढी मारमा परेका छन् ।
मोरङ सुनसरी करिडोरमा भारत तथा तेस्रो मुलुकतर्फ निकासी गर्ने उद्योगको सङ्ख्या दुई दर्जनभन्दा बढी छन् । बन्दले मुलुकको समग्र अर्थतन्त्रमा नराम्रो असर पारेको मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।
विकल्प खोजेर विरोधका अरू कार्यक्रम गर्न सकिने अवस्था हुँदाहुँदै आमहड्तालजस्तो कार्यक्रम गर्नु देशकै लागि दुर्भाग्य भएको मोरङका उद्योगीको भनाइ छ । करिडोरका उद्योगमा ५० हजारभन्दा बढी नेपालीले रोजगारी पाइरहेका छन् ।
मोरङ व्यापार सङ्घका अनुसार उद्योगले विभिन्न मुलुकबाट आयात गरेर ल्याएका करोडौँ मूल्य बराबरका भन्सारसम्म ल्याइएका औद्योगिक कच्चापदार्थको ढुवानी गरेर उद्योगसम्म ल्याउने अवस्था नभएपछि उद्योगीले भन्सारमा शुल्कसमेत तिर्नुपरेको छ ।
बन्द अवधिभर बैंकको ब्याज, मजदुर ज्यालालगायत शुल्कले उद्योगलाई थप धरासायी बनाएको मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।
देशकै औद्योगिक राजधानी नामले चिनिने करिडोर क्षेत्रमा सानाठूला गरी ६०० उद्योग सञ्चालनमा छन् ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया