युरोपेली संसद्को प्रतिनिधिमण्डल राजधानीमा

इनेप्लिज २०७१ चैत २४ गते १६:५६ मा प्रकाशित

काठमाडौँ, २४ चैत । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन दक्षिण एसियाली मुलुकका लागि युरोपेली संसद्को चार सदस्यीय प्रतिनिधिमण्डल आज राजधानी आइपुगेको छ ।

जिन ल्याम्बेर्ट नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपाल बसाइका क्रममा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरला, संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ ।

यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयका अनुसार उक्त प्रतिनिधिमण्डलले अन्य राजनीतिक दलका नेता, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई भेटेर नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे जानकारी लिनेछ । युरोपेली सङ्घको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना र तिनको प्रभावबारे जानकारी लिन प्रतिनिधिमण्डल परियोजनास्थलमा पनि जानेछ । रासस

प्रतिक्रिया