गोदावरीमा बाह्रवर्षे सिंहअस्त मेला लाग्ने
ललितपुर, २३ चैत । आगामी भदौदेखि गोदावरीको १२ वर्षे सिंहअस्त मेला हुने यहाँ पत्रकारसम्मेलन गरी जानकारी दिइएको छ ।
उक्त क्षेत्रमा पर्याप्त पूर्वाधार जुटाउन सरकारसँग मेला मूल व्यवस्थापन समितिले आग्रह गरेको छ । ललितपुरकै ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको परम्परागत मेलाका बारेमा जानकारी गराउदै सुरक्षा, यातायात, खानेपानी, पार्किङ, सूचनालगायत स्नान गर्ने कुण्ड मर्मतका लागि सरकारसमक्ष आर्थिक सहयोगको अपिल गरिएको हो ।
समितिले चार करोड ५२ लाख रुपैयाँको अनुदान रकम निकासा गरिदिन जिविस ललितपुरको सिफारिसमा संस्कृति ,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा माग गरिसकेको पत्रकारसम्मेलनमा जानकारी दिएको छ । गोदावरीमा २०७२ सालको भदौ महिनाभरि १२ वर्षमा हुन लागेको मेलामा करिब रु ६० लाखको हाराहारीमा आगन्तुक त्यहाँ आउने समितिको अनुमान छ ।
पर्यटक जो कसैले पनि गोदावरी मेलाको अवलोकन गर्ने भएकाले मानवीय चापलाई मध्यनजर गर्दै विभिन्न समस्या हल गर्नुपर्ने देखिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले बताउनुभयो । मेलास्थलसम्म आउने मूल सडकलाई मर्मत गर्नुपर्ने, वैकल्पिक मार्गहरु गोदावरी–सिद्धिपुर, टौखेल–झरुवाराशी–धापाखेल हुँदै सातदोबाटो, गोदावरी– बडिखेल–लेले सडकको स्तरोन्नति गर्ने आवश्यकता देखिएको पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
तीर्थालुका लागि ५० अस्थायी र तीनवटा स्थायी शौचालय तथा गोदावरी स्नानकुण्ड वरपरका भौतिक संरचनाको पुनः निर्माण गर्नुपर्ने आवश्यकता रहेको समितिका सहसंयोजक मधुसूदन पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादव कोइरालाको संयोजकत्वमा एक हजार एक सदस्यीय मेला ब्यवस्थापन समिति गठन गरिएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया