रुखले थिचेर महिलाको मृत्यु
इनेप्लिज
२०७१ चैत २२ गते ११:०८ मा प्रकाशित
चौतारा, २२ चैत । शनिबार साँझ आएको हुरी बतासले रुखको हाँगा भाँच्चिएर खस्दा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ ।
पाल्चोक गाविस–४ निवासी ४७ वर्षीया बुदुमाया तामाङलाई आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै रहेको उत्तिसको हाँगा भाँच्चिएर टाउकोमा लागेको र उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
हुरी बतासकै कारण विद्युत् तारलाई असर पु¥याएपछि शनिबारदेखि जिल्लाभरि नै विद्युत् आपूर्ति बन्द छ ।
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिक्रिया