माईपोखरीमा इन्टरनेट सेवा सुरु
इनेप्लिज
२०७१ चैत २१ गते २:४९ मा प्रकाशित
इलाम, २१ चैत । विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा पहिलो पटक इन्टरनेट सेवा सुरु भएको छ ।
स्थानीय होटल सञ्चालक निमदोर्जे शेर्पाले आफ्नो होटल र आसपासका क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गर्नुभएको हो । इन्टरनेट सुविधाबाट वञ्चित हुँदा माईपोखरी पुगेर इलाम सदरमुकामनै फर्कने बाध्यता बोकेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सो सुविधा प्रदान गरेको शेर्पाले बताउनुभयो ।
यसअघि माईपोखरीको अध्ययन–अनुसन्धानमा आउने विज्ञ तथा अनुसन्धानकर्ताले इन्टरनेट सेवा नहुँदा काममा बाधा पुगेको गुनासो गर्दै आएपछि सेवा सुरु गरेको उहाँको भनाइ छ ।
एक महिना अघिदेखि सुरु भएको नेपाल टेलिकमको वाइम्याक्स प्रविधिको इन्टरनेट अहिले दैनिक माईपोखरी भित्रने पर्यटकहरुले प्रयोग गर्न थालेका छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया