शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:३४
वासिङटन डिसी 14:49

बाघको छालासहित पक्राउ

इनेप्लिज २०७१ चैत १९ गते ४:३८ मा प्रकाशित

pakrau-कञ्चनपुर, १९ चैत । प्रहरीले बाघको छालासहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बाबाथानबाट अर्जुन सुनारलाई बुधबार साँझ पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरीको अनुसन्धान टोलीले बाघको छालाको खरिद बिक्रीको कार्य भइरहेका बोला सुनारलाई पक्राउ गरेको हो ।

छालासहित पक्राउ परेका सुनारलाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ ।

सुनारमाथि राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम पाँच वर्षदेखि १० वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनेसक्ने अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताउनुभयो ।

प्रतिक्रिया