बाघको छालासहित युवक पक्राउ

इनेप्लिज २०७१ चैत १८ गते १४:०७ मा प्रकाशित

भीमदत्तनगर, १८ चैत । कञ्चनपुरको महाकाली पारी दोधारा–चादँनी नगरपालिकाबाट बाघको छालासहित एक स्थानीय युवक पक्राउ परेका छन ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान टोलीले दोधारा–चादँनी नगरपालिका–७ बाबाठथानका २८ वर्षीय अरुण सुनारलाई बाघको छालासहित पक्राउ गरेको क्षेत्रीय अनुसन्धान टोलीका महाकाली संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट ल्याउँदै गरेको बाघको छालासहित सुनारलाई बाबाथान क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका सुनार र छालालाई जिल्ला वन कार्यालयलाई आजै बुझाउने प्रनानी जोहारीले बताउनुभयो ।

प्रतिक्रिया