शिक्षा ऐन जारी नहुँदा शिक्षामा मनपरी

इनेप्लिज २०७१ चैत १८ गते २:५२ मा प्रकाशित

उर्लाबारी, १८ चैत । शिक्षा ऐन तत्काल लागु गर्न मोरङका शिक्षासँग सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसदको शिक्षा उपसमितिले शिक्षा सुधारका लागि मङ्गलबार यहाँ आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा सहभागी अधिकांशले शिक्षा ऐन जारी नहुँदा शिक्षामा सुधार हुन नसकेको भन्दै ऐन जारी गर्न सभासद्हरूसँग आग्रह गरेका हुन् ।

शिक्षा उपसमिति संयोजक सभासद् डा गणेशमान गुरुङले शिक्षा ऐन जारी गर्न आवश्यक पहल गर्ने उल्लेख गर्दै ऐन जारी भए सबै समस्याको समाधान हुने बताउनुभयो ।

सभासद् अग्नि सापकोटाले शिक्षालाई व्यापारीकरण र निजीकरण भएको दाबी गर्दै जरा गाडेर बसेको यस प्रवृत्तिलाई हटाउनु जरुरी छ भन्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङका अध्यक्ष धर्मानन्द खरेलले संविधान निर्माण र शिक्षा ऐन उस्तै भएको कटाक्ष गर्दै शिक्षा ऐन तत्काल लागु गर्न सभासद्समक्ष आग्रह गर्नुभयो ।

प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले शिक्षा ऐनमा निजी विद्यालयमाथि लगाइएको कर हटाउन माग गर्नुभयो ।
सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले अविभावक, विद्यार्थी र शिक्षकबीच तालमेल हुन नसक्दा गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको आँैल्याउँदै शिक्षा ऐनमा आर्थिक अवस्थाका आधारमा सःशुल्क शिक्षाको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया