पौडी खेल्ने क्रममा युवकको मृत्यु
इनेप्लिज
२०७१ फागुन २४ गते १५:२३ मा प्रकाशित
इलाम, २४ फागुन । माईपोखरी–८ का एक युवकको पौडी खेल्ने क्रममा शनिबार ज्यान गएको छ ।
चिसापानी–४ मा रहेको दोलखा हाइड्रोपावरमा मजदुरी गर्दै आएका १९ वर्षीय विनय राईको पौडी खेल्दै गर्दा मृत्यु भएको हो ।
साथीहरुसँग पौडी खेल्न गएका राई पानीमा डुबेका थिए । उनको शव आज बिहान राँगापानीमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो ।
राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया