सहमतिबाटै संविधान आउँछ: नेत्री कोइराला
इनेप्लिज
२०७१ फागुन २४ गते १४:०६ मा प्रकाशित
इटहरी, २४ फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सहमतिमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राजनीतिक दलहरुलाई मिलेर संविधान जारी नगरे मुलुक गम्भीर सङ्कटमा पर्न सक्नेतर्फ सचेत गराउनुभयो ।
मुलुक टुक्र्याउने वा मिलेर बसेको समाजलाई विखण्डित पार्ने कार्य कसैले पनि गर्न नहुने तर्क गर्दै नेत्री कोइरालाले देश र जनतालाई समृद्ध पार्ने संविधान आउनेमा आशङ्का नगर्न पनि आग्रह गर्नुभएको छ ।
वर्तमान सत्ता साझेदार काँग्रेस र एमालेबीच कुनै विमति नभएको जिकिर गर्दै उहाँले संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने बताउनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया