पाकिस्तानी गोलाबारीबाट भारत-प्रशासित कश्मीरमा मृत्यु संख्या १२ पुग्यो

इनेप्लिज २०८२ वैशाख २४ गते १४:१३ मा प्रकाशित

पाकिस्तानी सेनाले भारत-प्रशासित कश्मीरको नियन्त्रण रेखा पार गरेर रातभरि गरेको गोलाबारीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने ५७ जना घाइते भएको भारतीय रक्षा स्रोतले सिएनएनलाई जानकारी दिएका छन्।

अप्रिल २२ मा पर्यटकमाथि भएको नरसंहारपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रँदै गएको छ । त्यसयता नियन्त्रण रेखामा लगभग दैनिकजसो गोलीबारी भइरहेका छन्।

पाकिस्तानी सेनाले यसअघि भारतीय हवाई आक्रमणको जवाफस्वरूप भारत-प्रशासित कश्मीरमा गोलाबारी गरेको पुष्टि गरिसकेको छ। 

भारतले भने पाकिस्तानमाथि नियन्त्रण रेखामा ‘अकारण’ गोली चलाएको आरोप लगाएको छ।

प्रतिक्रिया