भर्जिनियामा भीषण गोलीकाण्ड : बाहिरी जमघटमा दोहोरो गोली हानाहान, ५ जना घाइते, १ को मृत्यु

इनेप्लिज २०८२ जेठ २० गते ०:५८ मा प्रकाशित

भर्जिनिया राज्यको डानभिल शहरमा आइतवार बिहान ठूलो बाहिरी जमघटमा भएको दोहोरो गोली हानाहानमा कम्तीमा पाँच जना व्यक्तिहरू घाइते भएका छन् । एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

डानभिल प्रहरीले जनाए अनुसार बिहान करिब १:३० बजे नर्थ क्यारोलाइनाको सिमानाको निजी क्षेत्रको वरिपरि यो घटना भएको हो। गोली चलेको खबर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले एक व्यक्तिलाई गाडीभित्र गम्भीर घाइते अवस्थामा फेला पारे तर पछि उनलाई मृत घोषणा गरियो। मृतकको पहिचान गरिएको छ भने प्रहरीका अनुसार उनि २२ वर्षीय जे’शॉन टिजे व्हाइट भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार चालकको रूपमा रहेका अर्का व्यक्ति छेउको सडकमा गोली लागेको अवस्थामा फेला परे र उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। थप तीन जना — दुई पुरुष र १९ वर्षीया युवती — निजी सवारीमार्फत अस्पताल पुगेका थिए। तीमध्ये तीन जना अझै अस्पतालमा उपचार भै रहेको छ।

अनुसन्धानमा प्रारम्भिक विवरण अनुसार क्राइस्लर गाडी र बाहिरी जमघटका अन्य मानिसबीच गोली हानाहान भएको पुष्टि भएको छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन।

डानभिल प्रहरीले यस घटनाबारे जानकारी हुने जो कोहीलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया