चीनले भारतद्वारा पाकिस्तानमाथि गरिएको सैन्य कारबाहीप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै क्षेत्रीय तनावप्रति गम्भीर चिन्ता जनाएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गर्दै भने, “भारत र पाकिस्तान यस्ता छिमेकी हुन्, जसलाई सार्न सकिँदैन। दुवै चीनका पनि छिमेकी हुन्।”
चीनले भारतसँग सम्बन्ध सुधार गर्न प्रयास गरिरहेको छ, विशेष गरी ट्रम्प प्रशासनको दबाबका बीच कूटनीतिक सन्तुलन कायम गर्न चीनले क्षेत्रीय मित्रता बलियो बनाउने नीति लिएको छ।
अर्कोतर्फ, पाकिस्तान चीनको सबैभन्दा नजिकको साझेदारमध्ये पर्छ र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ )परियोजनामा महत्वपूर्ण भूमिकामा छ।
चीनले भारत–पाकिस्तानबीचको हालको द्वन्द्वले सम्पूर्ण क्षेत्रको स्थायित्वमा असर पार्न सक्ने भन्दै संयमता अपनाउन दुवै पक्षलाई आह्वान गरेको छ। एशियाली शक्तिहरूबीचको यस्तो सैन्य तनावले विश्व राजनीतिमा पनि गहिरो प्रभाव पार्न सक्ने चिनियाँ विश्लेषकहरू बताउँछन्।
प्रतिक्रिया