मरधर सिमसार क्षेत्र अतिक्रमणको चपेटामा
रौतहट, १९ फागुन । सम्बन्धित निकायको बेवास्ता तथा अतिक्रमणका कारण रौतहटमा रहेको मरधर सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्न थालेको छ ।
करिब २० वर्षअघिसम्म १० फिट गहिरो तथा पाँच सय मिटरभन्दा बढी लम्बाइ रहेको सिमसार क्षेत्र वरपर बस्ती बसेपछि सिमसार क्षेत्र साँघुरिनुका साथै पुरिँदै गएको छ ।
चन्द्रनिगाहपुरदेखि करिब चार किलोमिटर दक्षिण चन्द्रपुर नगरपालिका–१० मा रहेको मरधर सिमसार क्षेत्र करिब दुई सय वर्ष पुरानो मानिएको छ । करिब २० हेक्टरभन्दा बढी क्षेत्रफल ओगटेको सिमसार क्षेत्र अतिक्रमण हुँदा अहिले करिब १० बिघा क्षेत्रफलमा सिमित हुन पुगेको स्थानीयले बताएका छन् ।
सारस, पानीहाँस, झिल्लालगायतका चरा र साइबेरियन चरा पनि उक्त सिमसार क्षेत्रमा पहिले देखिने गरेता पनि सिमसार अतिक्रमण र चराहरूको शिकार हुन थालेपछि ओझेलमा परेको स्थानीय सर्वसाधारणको भनाइ छ ।
सिमसार क्षेत्र संरक्षणका लागि चन्द्रपुर नगरपालिकाले सर्वपक्षीय समिति बनाएर संरक्षणमा चासो देखाउनुपर्ने मरधर जलाधार तथा सिमसार संरक्षण समितिका सल्लाहकार तुलसी गिरीले बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया