सुन्दरदुलारी नगरपालिकाको बजेट करिब छ करोड
इटहरी, १९ फागुन । सुनसरीको सुन्दरदुलारी नगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ का लागि रु छ करोड सात लाखको बजेट पारित गर्दै नगरपालिकाभित्रको भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।
सोमबार यहाँ आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले सो बजेट सार्वजनिक गर्नुभएको हो ।
भर्खरै नगरपालिका घोषणा भएको र नगरपालिका क्षेत्रभित्र पूर्व पश्चिम राजमार्गबाहेक राजमार्गसँग जोडिएका भित्रि सडकमा कुनै पनि सडकमा नाली र कालोपत्रे नभएकाले बजेटमा ती सडकलाई पहिलो प्राथमिकता राखेको जानकारी उहाँले दिनुभयो ।
यसैगरी नगरपालिकाले गछिया र बुढीगङ्गा खोलाको सङ्गमस्थलमा रहेको १० विघा जमिनलाई ल्यान्डफिल साइडको रुपमा उपयोग गर्नका लागि यसै वर्ष रु १० लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी पर्यटकीय हसिना सिमसार क्षेत्रको विकासलाई थप व्यवस्थित पार्ने कार्यलाई पनि नगरपालिकाले विशेष प्राथमिकता दिएको जनाएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया