करेन्ट लागेर एक महिलाको मृत्यु
इनेप्लिज
२०७१ फागुन १७ गते ५:५१ मा प्रकाशित
मेलम्ची, १७ फागुन । सिन्धुपाल्चोक जिल्लामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
मेलम्ची नगरपालिका वडा नं ८ गिरानचौर बस्ने स्थानीय ३१ वर्षकी मनुमाया तामाङको गएराति करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । बेलुकी मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया