गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण
इनेप्लिज
२०७१ चैत १५ गते ३:१५ मा प्रकाशित
धनगढी, १५ चैत । धनगढी नगरपालिका—१० घुइँयाघाटमा गए राति गस्तीमा रहेको प्रहरी टोलीमाथि भएको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् ।
घुइँयाघाटको श्रीराम इँटा उद्योगनजिक स्थानीयवासीबीच राति झगडा भइरहेको भन्ने सूचना पाएपछि गएको चार जनाको प्रहरी टोलीमाथि स्थानीयवासीले लाठी र ढुङ्गा प्रहार गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीनायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।
राना थारू समुदायको बसोबास रहेको उक्त क्षेत्रमा प्रहरी टोलीमाथि भएको आक्रमणबाट साइकल गस्तीमा रहेका प्रहरी जवान थानेश्वर पन्त र प्रहरी हबलदार गणेशराज जोशीको टाउकोसहित शरीरभरि गम्भीर चोट लागेको छ ।
घाइतेलाई उपचारार्थ सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको छ । घटनामा संलग्न भएको अभियोगमा स्थानीयवासी १२ लाई पक्राउ गरिएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया