लोपोन्मुख पोस्टर कला बिउँझाउँदै

इनेप्लिज २०७१ चैत १५ गते २:५४ मा प्रकाशित

काठमाडौँ, १५ चैत । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले पुरानो र लोप हुन लागेको पोस्टर कलाका साथै समग्र व्यावसायिक कलाको समस्या पहिचान गरेर कार्यक्रम ल्याउने भएको छ ।

व्यावसायिक कलाको विकास गर्ने उद्देश्यले नाफाले शुक्रबार र शनिबार आयोजना गरेकोे पोस्टर कला कार्यशाला गोष्ठीमा नाफाका कुलपति रागिनी उपाध्यायले सो जानकारी दिनुभएको हो ।

नाफा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र नेपाल कमर्सियल आर्टिस्ट सङ्घद्वारा संयुक्त रुपमा सञ्चालित उक्त कार्यशालामा प्राज्ञ नारदमणि हार्तम्छाली र सङ्घका महासचिव भोलानाथ पौडेलले पोस्टर कलासम्बन्धी कार्यपत्र पेस गर्नुभएको थियो ।

‘हाम्रो सिर्जना थला हाम्रो ललितकला’ विषयमा कलाकार डिराम पाल्पाली, राजन काफ्ले, बाबुराजा धःला, शान्ता हिताङ, दीपक कुँवर, नरबहादुर बिके, विपना महर्जन, राम ठाडा, दीपेन्द्र बनेपाली, किशोर नकर्मी, विपीनराज श्रेष्ठ, केशवराज खनाल, मन गुरुङ, राजेन्द्र याकामी, कान्छाकाजी भासिमा, एनबी गुरुङ, हरेराम यादव, मानबहादुर परियारलगायत २५ कलाकारले नेपाली सांस्कृतिक पक्षलाई आफ्नो पोस्टरमा उतार्नुभएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष आइबी मल्लले लोप हुन लागेको सो कलाको पनि अब विकास हुने आशा पलाएको मल्लले बताउनु भयो । कार्यशालामा सिर्जित कलाकृतिलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया