इलाम, १३ चैत । इलामको चुलाचुलीमा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु भएका ३० जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी इलाम, स्टन लायन्स क्लब दमक झापा र पाथीभरा चश्मा घर दमकको संयुक्त आयोजनामा सञ्चालित शिविरमा एक १७८ जनाको परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।
शिविरलाई विराटनगरस्थित गोर्खा आँखा अस्पतालका चिकित्सक नारायण रोक्काको नेतृत्वमा १० जनाले सेवा प्रदान गरेका थिए । शिविरमा दानाबारी, महमाई, चुलाचुली गाविसका आँखाका बिरामी आएका थिए ।
प्रतिक्रिया