विकासका लागि आवधिक योजना आवश्यक
चितवन, १३ चैत । आवधिक योजनाको अभावमा जिल्लामा व्यवस्थित ढङ्गबाट विकासका काम हुन नसकेको बताइएको छ ।
जिल्ला विकास समिति चितवनले आउँदो आर्थिक वर्षबाट लागु हुने गरी निर्माण गर्न लागेको आवधिक योजनाको लागि बिहीबारदेखि यहाँ सुरु भएको जिल्लास्तरीय छलफल कार्यक्रममा जिल्लास्थित दलका प्रमुखहरुले सङ्गठित विकासका लागि आवधिक योजना आवश्यक भएकामा जोड दिएका छन् ।
जिल्ला विकास समिति, नगरपालिका, सामुदायिक वन, गैर सरकारी संस्थालगायतले करोडौ रकम खर्च गरी विकासका काम गर्ने भए पनि आवधिक योजनाको अभावमा दीर्घकालीनरुपमा विकासका काम हुन सकेका छैनन् ।
स्थानीय निकाय जनप्रतिनिधिको अभावमा आवधिक योजनाबिनानै गरिएका काम दिगो हुन नसकेको नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङको भनाइ छ ।
नेकपा (एमाले) चितवनका अध्यक्ष जगनाथ थपलियाले विगतमा बनेका सबैखाले योजनाले निरन्तरता नपाएको भन्दै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आवश्यक परेको स्थानमा टालटुले काम मात्र हुँदै आएको बताउनुभयो ।
जिल्ला विकास समितिले इलाकास्तरबाट उठेका मागलाई जिल्लास्थित राजनीतिक दलका प्रमुख, उद्योगी व्यवसायी, सरोकारवाला कार्यालयका प्रमुखलगायतसँग छलफल सुरु गरेको हो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया