लागुऔषध कारोबार गर्ने पाँच सार्वजनिक

इनेप्लिज २०७१ चैत १० गते ८:३५ मा प्रकाशित

drugsसप्तरी, १० चैत । भारतबाट लागुऔषध खरिद गरी नेपाल भित्र्याउने पाँच व्यक्तिलाई सप्तरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

तीन दिन अघि राजविराज नगरपालिका–७ स्थित दिलीप क्षेत्रीको घरमा भारतको कुनोली बजारबाट खरिद गरी ल्याएको ड्याजल्याब–५६ एम्पुल, अबुट–५८ एम्पुल र लुपिजेसिस–५६ एम्पुल लुकाएर राखेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको हो । दिलीप क्षेत्री (गज्जु भनिने) ३४ वर्षीया भुवनेश्वर दास र काठमाडौं–९ बस्ने २५ वर्षीय अशोक श्रेष्ठलाई पक्राउ गरिएको थियो । यस्तै पक्राउ पर्नेमा राजविराज नगरपालिका–५ निवासी गणेश साह र सञ्जय मण्डल छन् । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले आज पत्रकार समेलन गरेर सार्वजनिक गरेको हो । ।
पाँचै जनामाथि लागुऔषध कारोबारअन्तर्गत मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिक्रिया