ताप्लेजुङको फुङ्लिङमा आगलागी, नियन्त्रणको प्रयास जारी
इनेप्लिज
२०७१ चैत ९ गते १६:३४ मा प्रकाशित
विराटनगर, ९ चैत । ताप्लेजुङको फुङ्लिङ–४ स्थित बजारमा आज बेलुकी ७ः१५ बजेदेखि भीषण आगलागी सुरु भएको छ ।
उक्त आगलागीलाई नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीका साथै स्थानीय बासिन्दा जुटेका छन् ।
बेलुकी ८ः१५ बजेसम्ममा तीन घर जलेर नष्ट भएका र चौथो घरमा आगो सल्केको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आगोको प्रभावलाई नियन्त्रण गर्नका लागि स्काभेटरसमेतको प्रयोग गरिएको छ ।
उक्त स्थलमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकका साथै विभिन्न निकायका अधिकारी सक्रियताका साथ आगो नियन्त्रणको प्रयासमा लागेका छन् ।
आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया