राष्ट्रिय दिवसमा झन्डोत्तोलन
इनेप्लिज
२०७१ चैत ९ गते ५:३८ मा प्रकाशित
काठमाडौँ, ९ चैत । पाकिस्तानको ७५औँ राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी दूतावासमा आज बिहान एक कार्यक्रमको आयोजना गरी उक्त मुलुकको राष्ट्रिय झन्डा फहराइयो ।
नेपालका लागि पाकिस्तानी राजदूत अर्सद सउद खोसाले आफ्नो मुलुकको झन्डा फहराउनुभयो । त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज सरिफले जारी गर्नुभएको सन्देश वाचन गरिएको थियो ।
कार्यक्रममा कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिकका साथै नेपाल–पाकिस्तान मैत्री समाजका पदाधिकारीको उपस्थिति थियो ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया