बिहीबार, माघ १५ २०७७
काठमाडौं ११:३३
वासिङटन डिसी 00:48

पुरुषको शव फेला

इनेप्लिज २०७१ चैत ९ गते ५:३६ मा प्रकाशित

काठमाडौँ, ९ चैत । राजधानीको बिजुलीबजार पुलनजिकै धोबीखोलामा आज बिहान एक शव फेला परेको छ ।

मृतक तुलससीपुर (दाङ) घर भई हाल बानेश्वर–१० हरिबहादुर थापाको घरमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय द्रोणबहादुर सेन ठकुरी रहेको महानगरीय प्रहरी अपराध शाखा हनुमानढोकाका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । मृतकको टाउकोको देब्रेतर्फ गहिरो चोट लागेको देखिएको छ । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रतिक्रिया