बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:१९
वासिङटन डिसी 09:34

जिप पल्टिँदा १७ यात्रु घाइते

इनेप्लिज २०७१ चैत ८ गते १०:३२ मा प्रकाशित

accident-signदमौली, ८ चैत । तनहुँको भिरकोट गाविस वडा नं २ को दुलेगौँडामा आज ग१ज ५७३२ नम्बरको जिप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

भिरकोटबाट यात्रु लिएर भिमादतर्फ आउँदै गरेकोे जिप अनियन्त्रित भई सडकमै पल्टिँदा यात्रु घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा भिरकोट–६ की जुनामाया माझी, सोही ठाउँका चन्द्रबहादुर माझी, नरिमाया रानाभाट, रिखा रानाभाट, अस्मिता रानाभाट, दलबहादुर रानाभाट, विश्वास रानाभाट, नेत्रबहादुर रानाभाट, कृष्णा रानाभाटलगायतको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । सामान्य अवस्थाका घाइते सङ्गीता रानाभाट, माया रानाभाट, श्रीमाया नेपाली, कमल नेपाली, वसन्ती आले, पदम आलेलगायतको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तीव्र गतिमा गुडेका कारण अनियन्त्रित भई जिप पल्टेको बताइएको छ । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसैबीच, तनहुँको व्यास– १ तालघरे स्थित ढुङ्गा काट्ने उद्योगमा काम गर्दै आएका एक मजदुरको आज मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काँहु शिवपुर घर भई हाल व्यास– ५ बैरेनीमा डेरा गरी बस्ने ३४ वर्षीय मनबहादुर थापा रहेका छन् । ढुङ्गा उद्योग नजिकै बुल्दी खोलाको किनारमा अचेत अवस्थामा भेटिएका ती मजदुरको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया