चितवनलाई वैकल्पिक राजधानी बनाउनुपर्ने
चितवन, ८ चैत । कानुन, न्याय तथा संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले चितवनलाई वैकल्पिक राजधानीका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।
जिविस चितवनको स्वामित्वमा भरतपुरमा रहेको जग्गामा सहिद मञ्चको आज शिलान्यास गर्दै उहाँले देशकै मध्यभागमा रहेकाले चितवन त्यसका लागि उपयुक्त हुन्छ भन्नुभयो ।
सो अवसरमा उहाँले विसं १९९७ सालदेखि देश र माटोका लागि आहुति दिने अमर सहिदको नाममा मञ्च निर्माण गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
पाँच बिघा क्षेत्रफलमा मञ्च निर्माण गर्न लागिएको हो । सो अवसरमा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले मञ्चका लागि मात्र रु ५४ लाख ८२ हजार ६९७ खर्च हुने र परिसरसहितको कामसमेत गर्दा करिब रु एक करोड लाग्ने जानकारी दिनुभयो ।
मञ्चसहितका सबै काम सम्पन्न गर्नका लागि शान्ति तथा पुनः निर्माण, सहरी विकास र स्थानीय विकास मन्त्रालयसँग सहयोग माग गरिएको पाण्डेले बताउनुभयो । सोही ठाउँमा यसअघि सभागृह निर्माणका लागि धान्याचल महायज्ञ लगाएर शिलान्यास गरिएको भए पनि बजेट अभावमा काम भएको थिएन ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया