चेपाङ र तामाङ परिवारलाई सोलार

इनेप्लिज २०७१ चैत ७ गते ६:१७ मा प्रकाशित

SOLAR-ENERGYरत्ननगर (चितवन) ७ चैत । आर्थिक अभावले सोलार किन्न नसकेका चितवनको विकट कोराकका विपन्न ४८ चेपाङ र तामाङ परिवारले सोलार बत्ती पाएका छन् ।

अगुल्टो बालेर साँझ बिहान टार्ने उनीहरू लक्ष्मी प्रतिष्ठानको अगुवाइमा सोलार पाएपछि खुसी भएका छन् ।

चेपाङहरूकै क्षेत्रमा काम गर्ने संस्था लक्ष्मी प्रतिष्ठान नेपालको सक्रियतामा यहाँका ४८ घरमा सोलार पु¥याइएको हो । चितवनको कोराक गाविसको बनेवाङ, जिम्लीङ, गोन्वाङ, खासराङ, पुंघ्याक, सिमलडाँडा र बेलडाँडाका ४८ चेपाङ परिबारलाई सोलार दिइएको हो । अति विपन्न घर छानेर सोलार उपलब्ध गराइएको लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष विष्णु गौतमले बताउनुभयो ।

सोलार पाउनेमा १३ तामाङ परिवार र अरु सबै चेपाङ छन् । उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानसहित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ब्राइटलाइट फाउन्डेसन तथा एलएस सोलार लिमिटेडको सहयोग रहेको जानकारी गौतमले दिनुभयो ।

करिब रु ११ हजार पर्ने सोलारका लागि रु ५ हजार ६०० सरकारबाट अनुदान पाउने र बाँकी उपभोक्ताले नै तिर्नुपर्नेमा विभिन्न सङ्घसंस्थाले सहयोग गरेपछि आफूहरूले जम्मा रु ८०० मा सोलार पाएको स्थानीय विश्वास चेपाङले बताउनुभयो ।

प्रतिक्रिया