जिल्लाभर एउटा मात्र परीक्षा केन्द्र
मुस्ताङ, ४ चैत । प्रवेशिका परीक्षा २०७१ सञ्चालनका लागि हिमाली जिल्ला मुस्ताङमा एकवटा मात्र परीक्षा केन्द्र तोकिएको छ ।
विद्यार्थी सङ्ख्या न्यून रहेका कारण जिल्लाभर एउटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ । बिहीबारबाट सुरु हुने परीक्षामा जिल्लाबाट ११७ विद्यार्थी सहभागी हुँदैछन् ।
त्यसमध्ये ११६ जना नियमित र एकजना आंशिकतर्फका विद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, परीक्षामा ५९ छात्रा र ५७ छात्र सहभागी हुनेछन् ।
“थोरै परीक्षार्थी रहेका कारण धेरै परीक्षा केन्द्रको आवश्यकता परेन, यहाँको सम्पूर्ण तयारी पूरा भएको छ”, जिशिअ न्यौपानेले भन्नुभयो, “जिल्ला सदरमुकाममा रहेको जनहित उच्च माविमा परीक्षा सञ्चालन हुनेछ ।”
एसएलसी परीक्षामा जिल्लामा सात सामुदायिक र एक निजी विद्यालय गरी आठ विद्यालयबाट विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया