साक्षरता अभियान

इनेप्लिज २०७१ चैत ३ गते ४:३७ मा प्रकाशित

2012-11-08-1352436197भद्रपुर, ३ चैत । साक्षर नेपाल अभियानअन्तर्गत आजबाट चन्द्रगढीमा साक्षरता कक्षा सुरु गरिएको छ । भद्रपुर नगरपालिकाअन्तर्गत साबिक चन्द्रगढी गाविसका नौवटै वडामा नेपाल राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको नेतृत्व तथा साक्षरता अभियान २०७१ को आर्थिक सहयोगमा साक्षरता कक्षा सुरु गरिएको हो ।

चन्द्रगढी क्षेत्रमा सक्रिय रहेका सहकारीमध्ये सत्यलक्ष्मी, कलबल र चन्द्रगढ मूल एकता कृषि सहकारी संस्था लि.को संयुक्त सक्रियतामा ८८० निरक्षरलाइ साक्षर बनाइन लागिएको हो । खडानन्द गुरागाइँको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कक्षा सञ्चालन आरम्भ कार्यक्रममा परमानन्द मिश्र, तोयानाथ रेग्मी, लक्षमण पोखरेल, डिल्ली ढकालले सामाजिक स्वयम्सेविकाले अभियान सफल पार्न इमानदारपूर्वक सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साबिक चन्द्रगढी गाविस हाल भद्रपुरनगरपालिका–११ देखि १५ सम्मका पाँचवटा वडालाई साक्षरता बनाउन ४२ सामाजिक कार्यकर्ता स्वयम्सेविकाले ३ महिनासम्म कक्षा सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया