राजधानीको फोहोर उठाउन सुरु
काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि विगत केहीदेखि अवरुद्ध भएको काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन कार्य आज बिहानदेखि पुनः सञ्चालन भएको छ ।
उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल समस्याको समाधान गर्न मन्त्रालयका अधिकारी र महानगरपालिका तथा उपमहानगरपालिकाका पदाधिकारीलाई आइतबार निर्देशन दिएपछि आजबाट पुनः सञ्चालन भएको हो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख पूर्णभत्तल तण्डुकारले जानकारी दिनुभयो । गत शुक्रबार काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोलतिर जाँदै गरेको निजी व्यवसायीको गाडीको ठक्करबाट स्थानीय एक बालकको निधन भएपछि स्थानीयवासीले गाडी जलाएपछि अवरोध उत्पन्न भएको थियो ।
महानगरका कर्मचारीका सुरक्षाको प्रत्याभूतिको मागलाई सम्बोधन गर्न नेतृत्व तयार भएको तथा फोहर ओसार्न थप केही ठूला उपकरण ल्याउन सकारात्मक देखिएपछि कर्मचारी सङ्गठन फोहर उठाउन राजी भएका हुन् ।
काठमाडौँमा दैनिक ५५० र ललितपुरमा २५० टन फोहर जम्मा हुने गरेका छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया