फलेवास (पर्वत), १ चैत । यहाँको कुर्घा गाविसका एक व्यक्तिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।
कुर्घा–३ पिप्लेका यमनाथ शर्माले रातिको समयमा आफ्नै घाँटी घरेलु हतियारले रेटेर आत्महत्या गरेका हुन् ।
घरमा सुतिरहेको समयमा शनिबार राति १ बजे ४५ वर्षीय शर्माले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
एक श्रीमतीसहित दुई छोरा घरमै सुतिरहेका अवस्थामा उनले आत्महत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक लोकबहादुर गुरुङको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया