चितवनमा थप चारजनामा स्वाइन फ्लु पुष्टि, सङख्या ३१ पुग्यो
इनेप्लिज
२०७१ फागुन ३० गते १६:०१ मा प्रकाशित
रत्ननगर (चितवन), ३० फागुन । चितवनमा स्वाइन फ्लु सङ्क्रमित बिरामीको सङख्या बढेर ३१ पुगेको छ ।
दुई दिनअघि २७ जना सङ्क्रमित भएकामा आज थप चार जनामा सङ्क्रमण भएको पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले ३१ जनामा स्वाइन फ्लु भएको प्रतिवेदन आएको बताउँदै उनीहरूको भरतपुर अस्पतालमा उपचार सफल भएको जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि घर फर्किएको उहाँको भनाइ थियो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया