सशस्त्र प्रहरीले बेवारिसे भारतीय किशोरीको उद्धार
इनेप्लिज
२०७१ फागुन ३० गते ३:५५ मा प्रकाशित
रौतहट, ३० फागुन । यस जिल्लाको चन्द्रपुर नगरपालिका– १२ मा रहेको सशस्त्र बेस क्याम्प सन्तपुरले शुक्रबार बेवारिसे अवस्थामा रहेकी एक भारतीय किशोरीलाई उद्धार गरेको छ ।
क्याम्पका सशस्त्र प्रहरी नायब उपरीक्षक निरान्कर शुक्लाको नेतृत्व टोलीले चन्द्रपुर नगरपालिका–१२ मा बेवारिसे अवस्थामा भारतको सीतामढि घर बताउने १४ वर्षीया किरण गुप्तालाई फेला पारेकोे हो ।
ती किशोरीमाथि हुने सम्भावित घटनालाई मध्यनजर गर्दै थप सहयोग तथा आवश्यक प्रबन्धका लागि महिला सुरक्षा दबाब समूह रौतहटलाई बुझाएको शुक्लाले बताउनुभयो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया