अफिम नष्ट गर्ने अभियान सुरु
इनेप्लिज
२०७१ फागुन ३० गते ३:४३ मा प्रकाशित
पुनर्वास (कञ्चनपुर), ३० फागुन । जिल्लाको पुनर्वास नगरपालिका– १ स्थित बिचफाँटा र धनसिंगामा भइरहेको अवैध अफिमको खेती नष्ट गर्ने अभियान प्रहरीले थालेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले भारतीय सीमावर्ती सो ठाउँमा भइरहेको अवैध लागुऔषध अफिमको खेती नष्ट गर्ने अभियान शुक्रबारदेखि थालेको हो ।
शुक्रबार बिचफाँटा गाउँमा २५ स्थानमा लगाइएको करिब पाँच कट्ठा जमिनको अफिम नष्ट गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
ठूलो परिणाममा भइरहेको सो ठाउँको अफिम भारतका विभिन्न सहरमा बिक्री भइरहेको थियो । प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा परिचालित टोलीले अफिम नष्ट गर्ने अभियान सुरु गरेको हो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया