त्रिभूवन विमानस्थलबाट लागूपदार्थसहित टर्किस महिला पक्राउ
इनेप्लिज
२०७१ फागुन २८ गते १५:०२ मा प्रकाशित
काठमाडौँ, २८ फागुन । इस्तानबुल जान लागेकी एक टर्किकी महिला एक किलो ८०० ग्राम चरेससहित आज त्रिभूवन विमानस्थलबाट पक्राउ परेकी छन् ।
टर्किस एयरलाइन्सको विमानबाट इस्तानबुल जान लागेकी ३० वर्षीया टर्किस नागरिक ओजी सागसोजलाई उक्त परिमाणको चरेससहित आज पक्राउ गरिएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
हाते झोला परीक्षण गर्ने क्रममा माटोको बुद्धमूर्तिभित्र लुकाएर राखेको उक्त चरेस बरामद भएको जनाउँदै ब्यूरोले अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया