स्वाइनफ्लु फैलन नदिन हेल्प डेस्क स्थापना
रत्ननगर (चितवन), २८ फागुन । चितवनमा स्वाइनफ्लुका बिरामी बढेपछि आज यहाँ हेल्पडेस्क स्थापना भएको छ ।
भरतपुर अस्पतालमा आज स्थापना भएको हेल्पडेस्कको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विजय पौडेलले उद्घाटन गर्नुभयो ।
आज मात्रै जिल्लाका २७ बिरामीमा स्वाइनफ्लु पुष्टि भएपछि सर्वसाधारणको सहजताका लागि हेल्प डेस्क स्थापना गरिएको अस्पतालले जनाएको छ । यसअघि हिजोसम्म १० जनामा सवाइनफ्लु लागेको पुष्टि भएको थियो ।
स्वाइनफ्लुका विरामीको उपचारका लागि डा राजु बस्नेतको नेतृत्वमा रेस्पोन्स टिम समेत बनाइएको छ । जसमा डा भोजराज अधिकारीलगायत रहेका छन् ।
अहिले आइसोलेसन वार्डमा दुईजना स्वाइनफ्लुका बिरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार १६२ जनाको परीक्षणमा आजसम्म २७ जना स्वाइनफ्लु लागेको पाइएको हो ।
सबै उपचार निःशुल्क हुने भएकाले सर्वसाधारणलाई उपचारका लागि नहिचकिचाउन भरतपुर अस्पतालले अनुरोध गरेको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया