एकै गाउँका छ बेपत्ता
डोल्पा, २६ फागुन । माझफाल गाविस वडा नं ९ ताली गाउँका छ जना यही फागुन ११ गतेदेखि बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ३० वर्षीय याम बुढा, ३२ वर्षीय रुद्र बुढा, २४ वर्षीय रामकुमार बुढा, १९ वर्षीय दीर्घ बुढा, २२ वर्षीय कान्छा महतारा र २८ वर्षीय धीरेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानै घरबाट रुकुममा रहेका आफन्त भेट्न जान्छौँ भनेर रुपपाटन लेकको बाटो हुँदै निस्केका उनीहरुको अहिलेसम्म पनि केही खबर नआएको आफन्तको भनाइ छ ।
बेपत्ता भएको १५ दिन बितिसक्दा पनि अहिलेसम्म कुनै पनि निकायबाट उद्धार हुनसकेको छैन । उनीहरु निस्किएलगत्तै भारी वर्षा र हिमपात परेकाले उनीहरु जीवित नभएको अधिकांश सर्वसाधारण बताउँछन् ।
सो ठाउँमा आठदेखि १० फिसम्म हिमपात भएकाले उक्त ठाउँमा मान्छे जाने अवस्था नभएकाले उद्धारका लागि आफन्तजनले सम्बन्धित निकायमा माग गरेका छन् । उनीहरु रुकुममा रहेका आफन्तकहाँ पनि नपुगेको बताइएको छ । छिमेकी गाउँका मानिसले भने उनीहरु सिकार खेल्न लेकतिर गएको बताएका छन् ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया