दुई बालकको उद्धार
इनेप्लिज
२०७१ फागुन २६ गते ४:५३ मा प्रकाशित
पथरी (मोरङ), २६ फागुन । भारतमा लगेर बेचिएका दुई बालकलाई सोमबार साँझ सीमा नाका रानीबाट उद्धार गरिएको छ ।
माइती नेपाल विराटनगरका अनुसार भारतमा लगेर श्रम शोषण गरिएका मोरङको डायनियाका १३ वर्षीय मोहम्मअबु तालिम र मोहम्म इन्ताजलाई उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ ।
उनीहरुलाई मोरङकै आमबारीका मोहम्मद साजन नामक व्यक्तिले दुई महिनाअघि राम्रो काम लगाइदिने भन्दै दिल्ली पु¥याएको उद्धार गरिएका बालकले बताएका छन् । भारतको सिमलपुर लालकिल्लानजिकै एक फ्याक्ट्रीमा काममा लगाइएका बालकले आफूहरुलाई १६ घन्टासम्म काममा लगाएको गुनासो गरेका छन् ।
कपडा किन्ने भन्दै मालिकबाट १०० रुपैयाँ मागेर निस्किएका उनीहरु भाग्दै अलपत्र परेको अवस्थामा भारतको सर्सा जिल्लामा रहेको चाइल्ड लाइन संस्थाले उद्धार गरेर नेपाल फर्काएर माइती नेपालको जिम्मा लगाएको थियो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया