चट्याङबाट दुईको मृत्यु
इनेप्लिज
२०७१ फागुन २५ गते ८:२७ मा प्रकाशित
कालीकोट, २५ फागुन । गएराति चट्याङ लागेर कालीकोटको फुकोट गाविस– २ मा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फुकोट गाविस– २ का वर्ष ४० का कृष्णप्रसाद न्यौपाने र वर्ष ५० का प्रेम टमाटा रहेको स्थानीयवासी माधव उपाध्यायले बताउनुभयो ।
उनीहरू गाउँभन्दा चार घन्टा टाढा पर्ने सिप्टी लेकमा स्याउको बेर्ना रोप्नको लागि गएका थिए ।
उनीहरूले विगत पाँच वर्षदेखि स्याउलगायतका बिरुवा उत्पादन गर्दै आएका थिए ।
प्रहरी चौकी स्युना राजकोटबाट प्रहरी घटनातर्फ गएको प्रहरी चौकी राजकोटले जनाएको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया