श्रीमतीको हत्या गरेर जलाउने श्रीमान्सहित दुईजना जेल चलान
खोटाङ, १५ फागुन । श्रीमतीको हत्या गरेर जलाएको खुलासा भएपछि पक्राउ परेका श्रीमान्सहित जिल्लाका दुईजना कारागार चलान भएका छन् ।
श्रीमतीको हत्या गरेर जलाएको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि पक्राउ परेका फेदी–४ का २४ वर्षीय श्रीमान् सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राई पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको आदेशमा दुवै जनालाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।
गत माघ २ गते राति आगलागीमा परी मृत्यु भएको भनिएकी फेदी–४ की २२ वर्षीया सुष्मा राईको ‘हत्यापछि जलाइएको’ खुलासा भएपछि श्रीमान् सुदीप र दुर्गाधनलाई प्रहरीले माघ १८ गते नियन्त्रणमा लिएको थियो ।
अपराध ढाकछोपका लागि सुदीपले श्रीमतीको हत्यापछि आफ्नै घरमा आगो लगाएर ‘जलेर मृत्यु भएको बताइएको’ स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सुष्माको शव अगेनाको चुलोमा घोप्टो परेर डढेको अवस्थामा भेटिएपछि घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरीले सुदीपलाई नियन्त्रणमा लिएको थियो ।
सुदीप घटनाभन्दा केही समयअघिमात्र विदेशबाट घर आएका थिए । मृतक सुष्माको पेटमा चार महिनाको गर्भ रहेको अस्पतालको शव परीक्षण गर्दा देखिएको प्रहरीले जनाएको छ ।
पेटमा रहेको गर्भको विषयमा विवाद भएपछि घटना घटेको स्थानीयको अनुमान छ । सुष्माको शव डढेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
दुर्गाधनलाई भने सुष्मासँगको सम्बन्धका विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया