भारत लैजाँदै गरिएका पाँच युवतीको उद्धार
लुम्बिनी (रुपन्देही), १४ फागुन । काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारत लैजान लागिएका पाँच युवतीलाई उद्धार गरिएको छ ।
चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँचजना नेपाली युवतीको बेलहिया सीमा क्षेत्रबाट उद्धार गरेको जनाएको छ । युवतीलाई निजी नम्बरको जिपमा राखेर सिमाना पार गराउन लागिएको थियो ।
आफ्नो घर कोलकता र हाल काठमाडौँमा बस्दै आएको बताउने मनोज सेट्ठीले उनीहरुलाई प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको केआई नेपालकी प्रमुख तारा सापकोटाले बताउनुभयो ।
उद्धार गरिएका युवतीमध्ये दुई चितवनका, एक दाङका, सिन्धुपाल्चोक र भारत सिक्किम घर भएर लामो समयदेखि काठमाडौँ बस्दै आएका एक÷एक जना छन् ।
बेलहिया नाकामा रहेको केआई नेपालको निगरानी केन्द्रमा कार्यरत महिला कर्मचारीले उक्त जिपमा नेपाली युवती देखेपछि रोकेर सोधपुछ गरेपछि यथार्थ कुरा खुल्न आएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
भारत लैजाँदै गरेका मनोज भने युवतीलाई सोधपुछ गर्न थालेपछि फरार भएको उहाँले बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया