लागुऔषध मुद्दामा संलग्नलाई दुई वर्ष कैद
इलाम, १४ फागुन । जिल्ला अदालत इलामले लागुऔषध मुद्दामा संलग्न मङ्गलबारेका देवेन्द्र विकलाई दुई वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार उक्त सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
सदरमुकामको देउराली होटलमा बास बसेको अवस्थामा विक ३४ ट्याब्लेट नाइट्रेसन र स्पानोपोक्सिनवनको ८० वटा क्याप्सुलसहित साउन १८ गते पक्राउ परेका थिए ।
यसैबीच अवैधरुपमा काठ कटान गरेको आरोपमा मुद्दा खेपिरहेका चुलाचुली–६ का नरबहादुर लिम्बूलाई जिल्ला अदालतले तीन महिना कैद र रु ७० हजार १५२ जरिवाना सजाय सुनाएको छ ।
न्यायाधीश ढुङ्गानाकै इजलासले लिम्बूलाई उक्त सजाय सुनाएको हो । अवैधरुपमा घरमा काठ ल्याएर राखेको आरोपमा पक्राउ परेका लिम्बू धरौटीमा रिहा भएका थिए ।
उनीसँगै वन मुद्दाको आरोप लागेका चुलाचुलीकै मिलन धिमाल, मिलन राई, अरुण डाँगी, मुकुर राई, रोशन लिम्बू, सरोज राई र एजुकल राईलाई भने अदालतले सफाइ दिएको छ ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया