बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:३४
वासिङटन डिसी 17:49

ट्रिपरको ठक्करबाट एक किशोरको मृत्यु

इनेप्लिज २०७१ फागुन १३ गते १४:१९ मा प्रकाशित

accidentविराटनगर, १३ फागुन । ट्रिपरको ठक्करबाट मोरङमा आज एक किशोरको मृत्यु भएको छ ।

कोसीहरैचा–३ बस्ने १३ वर्षीय निशान चापागार्इंको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँको भित्री सडकखण्डमा साइकलमा सवार चापागार्इंलाई को१ख २६७३ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रिपरसहित चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ ।

प्रतिक्रिया