असिना पीडितलाई रु तीन करोड बढी राहत
मुगु, १३ फागुन । मुगु जिल्लामा गएको कात्तिकमा परेको असिना पानीले बालीमा पुर्याएको क्षतिको पाँच महिनापछि पीडित किसानलाई सरकारले रु तीन करोड बढी राहत उपलब्ध गराएको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीकाअनुसार असिना पीडित परिवारलाई रु तीन करोड ५२ लाख ४७ हजार राहत सहयोग आएको छ ।
रु दुई करोड कृषि मन्त्रालयबाट, रु एक करोड २५ लाख आपूर्ति मन्त्रालयबाट, रु २५ लाख प्रधानमन्त्री राहतकोषबाट, रु दुई लाख ४७ हजार जिल्लामा कार्यरत कर्मचारी, व्यापारी र गैरसरकारी संस्थाबाट राहत उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयको प्राविधिक टोलीले गएको कार्तिक महिनामा सम्बन्धित गाविसमै गई मूल्याङ्कन गरी जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गरेको थियो । सोही आधारमा जिल्लाका ८ वटा गाविसका असिना पीडत किसानलाई राहत उपलब्ध गराउने प्रजिअ अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार केन्द्र तथा जिल्लाबाट प्राप्त राहत श्रीकोट गाविसलाई ४० प्रतिशत, सेरीलाई १७, श्रीनगरलाई १२, कार्कीवाडालाई १२, गम्थालाई ८, कोटडाँडालाई ७, धैनकोट र खमा गाविसका २ प्रतिशतले राहत पाउने छन् ।
‘‘राहत स्वरुप प्राप्त हुने चामल, पीठो र बीउ बिजन एक महिनाभित्र पीडित परिवारलाई वितरण गरिसक्छौं’’ प्रजिअ रेग्मी बताउनुहुन्छ ।
गएको कार्तिकमा भाइटीकाका दिन ओको असिनापानीले जिल्लाका आठ गाविसमा रु १३ करोड भन्दा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया